site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राज्यकै कमजोरीका कारण मुलुकमा भ्रष्टाचार बढ्दै गएको दाबी गरेका छन् । वरिष्ठ नेता खनालले राज्यले नीतिगत व्यवस्था नगरेकै कारण मुलुक विश्वमै भ्रष्ट मुलुकको रुपमा चित्रण हुन पुगेको पनि बताए । 

मंगलबार व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा उनले विगतमा स्रोत र साधनलाई दुरुपयोग हुन नदिन राज्यले उपयुक्त नीति नलिएपछि मुलुकमा आर्थिक अनियमितताको श्रृंखला नै सुरु भएको पनि उल्लेख गरे । वरिष्ठ नेता खनालले अव भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्ने विश्वास पनि व्यक्त गरे । 

नेता खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणका लागि अझ बढी जिम्मेवार बन्न पनि ध्यानाकर्षण गराए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको उल्लेख गर्दैं त्यसलाई नियन्त्रण गर्न पनि आवश्यक कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग अग्रसर हुने विश्वास पनि व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC