काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाको सामाजिक सञ्जालमा पछिल्लो समय नेपालको सुन्दर हिमाली भेगका तस्बिरहरू देख्न सकिन्छ । सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनका लागि उनी अहिले अरू बलिउड कलाकार अनुपम खेर, बोमन इरानी लगायत टिमसँग नेपालमा छिन् ।
कहिले सगरमाथालाई नियाल्दै गरेको फोटो त कहिले समुन्द्री सतहभन्दा ११ हजार फिट माथि नाम्चे बजारमा फुटबल खेल्दै गरेको फोटो उनले पोस्ट गरिरहेकी छिन् ।
यस्तै, उनले मंगलबार मात्रै अर्को फोटो पनि पोस्ट गरेकी छिन् । जसमा उनी उचाइमा बसेर ध्यान मग्न छिन् । फोटो हाल्दै परिणिती लेख्छन्, “दैनिक ध्यान मेरो सिकरेट हो ।”
Daily meditation is my secret ✨?♀️? pic.twitter.com/p2SJe0YX9K
— Parineeti Chopra (@ParineetiChopra) October 19, 2021
अहिले बलिउड टिमसँगै छायांकनमा रहेका एक व्यक्तिका अनुसार परिणितीको यो फोटो नाम्चे बजारको हो ।
अहिले ‘उचाइ’ टिम नाम्चेको छायांकन सकेर लुक्लामा छ ।
यो पनि पढ्नुहोस्
नेपालको हिमाली क्षेत्रमा कामसँगै 'फुटबल खेलेर' रमाउँदै परिणिती
सगरमाथा नियाल्दै बलिउड अभिनेत्री परिणिती भन्छिन् : नम्रताको पाठ सिकायौ
बलिउड चलचित्र ‘उचाइ’ का लागि अनुपम, परिणिती र बोमन नेपालमा