काठमाडौं । चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालको हिमाली क्षेत्रमा रहेकी बलिउड अभिनेत्री परिणिती चोपडा कामसँगै फुटबलमा पनि रमाइरहेकी छिन् । सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनमा रहेकी उनले कामबाट केही समय फुर्सद निकालेर फुटबलमा रमाइरहेको भिडियो अहिले ट्विटरमा रुचाइरहेको छ ।
छायांकन टिमले नेपालको लुक्ला, नाम्चेबजार लगायत क्षेत्रमा फिल्म सुटिङ गरिरहेको छ ।
उनको यही भिडियोलाई ट्विट गर्दै भारतीय मिडिया फिल्मफेयरले लेखेको छ, “हरेक कलाकार यस्तो प्रोजेक्टको खोजीमा हुन्छन्, जसमा कामलाई मात्र सबै नमानियोस् । हामी भन्न सक्छौँ, परिणितीको नयाँ प्रोजेक्ट त्यस्तै हो, जसले उनलाई कामको समयमा पनि समुन्द्र सतहभन्दा ११ हजार फिटमाथि सडकमा बसेर फुटबल खेल्ने मौका दिइरहेको छ ।”
फिल्मफेयरको यो भनाइमा अभिनेत्री चोपडाले पनि सहमति जनाएकी छिन् । फिल्मफेयरको ट्विटलाई रिट्विट गर्दै परिणिती भन्छिन्, “यो भन्दा राम्रो म आफैँ भन्न सक्दिँन थिएँ ।”
Couldn’t have said it better myself ?? https://t.co/8pnFyiArmF
— Parineeti Chopra (@ParineetiChopra) October 14, 2021