विदेश
श्रीनगर । भारत प्रशासित कश्मीरमा भएको गोली हानाहानमा कम्तीमा पाँच जना भारतीय सैनिक र दुई जना लडाकुको मारिएका छन् । गत हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले कारबारही अभियानलाई तीव्र पारेको अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको सीमा नजिकै संदिग्ध आतंकवादीसँग भएको गोलाबारीमा पाँच सैनिक मारिएको एक सैन्य अधिकारीलाई उद्धृत गर्दै बताएको रोयटर्सले जनाएको छ ।
भारत र पाकिस्तान दुवैले दाबी गर्ने कश्मीर १९९० यता नयाँ दिल्लीको विरुद्ध रक्तपातपूर्ण विद्रोह गर्ने क्षेत्र बनेको छ ।
भारतले कश्मीरमा पाकिस्तानले आतंकवादलाई समर्थन गरेको बताउँछ । इस्लामाबादले भने यसको खण्डन गर्दै कश्मीरी जनतालाई कूटनीतिक र नैतिक समर्थन गरेको बताउँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८ १८:०९
प्रतिक्रिया दिनुहोस्