अर्थ व्यवसाय
काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि रुट परमिट खुला गरेको छ । दसैँको घटस्थापना सुरु भएसँगै यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न रुट परमिट खुला गरिएको हो ।
यातायात व्यवस्था विभागमा प्रवक्ता लोकनाथ भुसालले यात्रुवाहक सवारीसाधनको रुट सीमित नगरी सबै रुटमा जान सक्ने व्यवस्था मिलाइएको बताए ।
‘‘सार्वजनिक यातायातले आजदेखि जुनसुकै रुटमा पनि सवारी चलाउन पाउनेछन् । दसैँ नजिकिएसँगै गाउँ जाने यात्रुहरू बढेका छन् । यात्रुको चाप हेरेर रुट परिवर्तन गर्ने सकिनेछ,” प्रवक्ता भुसालले भने ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८ १४:५०
प्रतिक्रिया दिनुहोस्