अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ ।
छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, छापावाल सुन आइतबार, सोमबार र मंगलबार (आज) पनि प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार र सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ११:०५
प्रतिक्रिया दिनुहोस्