अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा भित्रिएको केही महिनामै एक हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले छोटो अवधिमै एक हजार बढी गाडी बिक्री भएको जनाएको हो ।
यसका साथै अहिले पनि १ हजार ७ सय युनिटभन्दा बढी गाडी बुकिङ भइसकेको जनाइएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको पायोनियर मोटोकर्पले दाबी गरेको छ ।
निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेबु्रअरी २२ सार्वजनिक गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८ १७:५६
प्रतिक्रिया दिनुहोस्