अर्थ व्यवसाय
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको ३०औँ वार्षिक साधारणसभाले ३५ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभाले ३० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा अध्यक्ष अरुणकुमार चौधरीले कम्पनीले कोभिड–१९ महामारीका बाबजुद उत्कृष्ट वृद्धि हासिल गर्न सक्षम भएको बताए ।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्छ ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८ १४:५२
प्रतिक्रिया दिनुहोस्