काठमाडौं । नेपालका लागि टाटा मोटर्सका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘यसपाली जाँदैन हात खाली’ भन्ने दसैँ योजनाअन्तर्गत हरेक हप्ता बुकिङ गर्ने ग्राहकहरू मध्ये एक ग्राहकलाई लक्की ‘ड्र’मार्फत ४० इन्चको स्मार्ट टीभी प्रदान गर्ने भनेकोमा हालसम्म चारजना भाग्यशाली विजेता घोषणा गरिसकेको छ ।
अफर सार्वजनिक गरेको पहिलो हप्तामा १९७ वटा बुकिङ, दोस्रो हप्ता ३६९ बुकिङ, तेस्रो हप्ता २२२ बुकिङ र चौथो हप्तामा ५६० बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ ।
हालसम्म दिलबहादुर थापा (ट्रक–टिपर), चौधरी ट्रेडर्स (पिकअप), आरके स्टील फर्निचर उद्योग (कार्गो) र श्रीकृष्ण दूध संकलन तथा बिक्री फर्म (सानो ट्रक–टिपर) विजयी भएको कम्पनीले जनाएको छ ।
असोज १४ सम्मलाई तोकिएको दसैँ योजना असोज २५ गतेसम्मलाई लागु गरिएको पनि कम्पनीले जनाएको छ ।
यस दसैँ योजनामा बुकिङ गर्दा, खरिद गर्दा, हरेक हप्ताको लक्की ‘ड्र’ र बम्पर लक्की ‘ड्र’ गरी चारपटकसम्म उपहार जित्ने मौका प्राप्त गर्ने जनाइएको छ ।