खेल
काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले आज प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।
न्यु डायमण्डले अब उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) सँग प्रतिस्पर्धा गर्ने छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारि प्रतियोगितामा न्यु डायमण्डले पुलिस क्लबलाई २५–१८, १७–२५, २५–२१ १७–२५, १५–१० को स्कोरमा हराएको हो ।
एपीएफले अघिल्लो खेलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको छ । एपीएफले २७–२५, २१–२५, २५–२७, २६–२४, १५–१३ ले जितेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८ १५:५३
प्रतिक्रिया दिनुहोस्