site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस समूह विजेता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । तीन भारतीय खेलाडी राखेर खेलेको गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ । यो जितसँगै नेपाल पुलिसले समूह ‘बी’बाट विजेता बन्दै अन्तिम आठमा स्थान बनाएको हो ।
 
हारका बाबजुद गण्डकी पनि अन्तिम आठमा स्थान बनाउन सफल भयो । समूह ‘बी’मा सतप्रतिशत नतिजा निकालेको पुलिस क्लबले ९ अंक जोड्यो । दोस्रो स्थानमा रहेको गण्डकीले पाँच अंक जोड्यो । गण्डकी प्रदेश मणिमुकुन्द भलिबल क्लबसँग ५ सेटमा जित निकालेका थियो ।
 
विभागीय टोली पुलिस क्लबले गण्डकीलाई २५–१४, २५–१४, २५–१८ को सेटमा हराएको हो । समूह ‘बी’ मै मणिमुकुन्दले दावाँली मिलन क्लबलाई २५–१६, २१–२५, २५–१५, २५–२३ ले हरायो । तेस्रो स्थानमा रहेको मणिमुकुन्दले ४ अंक जोड्यो । दावाँली मिलन भने अंकबिहीन रह्यो ।
 
नेपाल पुलिस क्लबले अब अन्तिम आठमा समूह ‘डी’को उपविजेता ढोरपाटन स्पोटर््स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उपविजेता गण्डकी प्रदेशले अर्को विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्ने छ । एपीएफ समूह ‘डी’ विजेता टोली हो ।
 
आजै समूह ‘ए’मा हेल्प नेपालले गलकोट स्पोटर््स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सोही खेलबाट समूह ‘ए’ को पनि विजेता र उपविजेता टुंगो लाग्नेछ । अर्को खेलमा वाग्मती प्रदेशले प्रदेश दुईसँग प्रतिस्पर्धा गर्ने छ । वाग्मती र प्रदेश दुई प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement