site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेशबाट आउँदा कमिसनको लोभमा सुन ल्याइदिँदै हुनुहुन्छ ? पक्राउ पर्नुहोला !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कमजोर आर्थिक अवस्था सुधार्न खाडी पुग्नेहरु सुनको कमिसनको लोभमा घर नपुग्दै जेल पर्न थालेका छन् । 

सुन तस्करहरुले खाडीबाट स्वदेश फर्कने नेपालीहरुलाई सुन नेपाल पुर्‍याइदिए कमिसन दिने गरेका छन् । तर सोही अवैध सुन नेपाल ल्याउँदा प्रहरी चेकजाँचमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरु पक्राउ पर्दै आएका छन् । सुन तस्करहरुले दुवइ, मलेसिया, कतारमा रहेका नेपालीहरुलाई घर फर्किने बेला सुन नेपाल पुर्‍याइदिएवापत कमिसन दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुन तस्कर गर्नेहरुले घर फर्किन लागेका नेपालीहरुको खोजी गर्छन् । विमानस्थलमा विभिन्न समयमा काम गरिसकेका प्रहरी अधिकारीहरु भन्छन्,“गरिबीले विदेश गएकाहरु सानो लोभमा पर्छन् । त्यहाँ रहेका तस्करहरुले बाला, औँठी, सिक्री बनाएर सुन उनीहरुलाई भिराउँछन् । काठमाडौंमा तस्करका एजेन्ट आउँछन् सुन लैजान्छन् । त्यही क्रममा धेरैजसो पक्राउ पर्छन् । पक्राउ परेपछि कानुनी प्रक्रियामा जाँदा जेल समेत जान्छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

तस्करहरुले विदेशबाट सुन दिएर पठाउने नेपालीको फोटो, हुलिया सबै विवरण नेपालमा रहेका एजेन्टलाई पठाउँछन् ।

उनीहरुले भाइबर, ह्वाट्एपलगायतका सामाजिक सञ्जालको प्रयोग गर्दै फोटोसहितको विवरण पठाउँछन् । 

Global Ime bank

विमानस्थलमा एजेन्टहरु आउँछन् । विमानस्थलबाट बाहिरिनेबित्तिकै उनीहरुले सम्पर्क गर्छन् । सुन लिएर जान्छन् आवश्यक कमिसन दिन्छन् । उनीहरुले सुनको मात्रा हेरेर कमिसन दिने गरेको पटक–पटकको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोला तोकिएको मापदण्ड र अवैध रुपमा ओसारपोसार भएको सुनसहित प्रहरीले कयौंलाई पक्राउ गर्दै आएको बताउँछन् । 

उनका अनुसार धेरैजसो विदेशबाट काम गरेर स्वदेश फर्किनेहरुले तस्करको सुन बोकेर ल्याउँछन् भने कतिपय गिरोह भिजिट भिसामा गएर तस्करीमा लागेको समेत पाइएको छ । 

एसएसपी बास्तोला लोभमा परेर अवैध कारोबारमा संलग्न नहुन विदेशमा रहेका नेपालीलाई सुझाव दिन्छन् । 

आइतबार (हिजो) पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट १ सय ४९ दशमलव ५ ग्राम सुनको बाला ३ थान सहित २ जना पक्राउ परे । 

पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–११ ठेगाना भएका ४३ वर्षीय सन्तबिर राई रहेका छन् ।

समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

आइतबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम  सुन बाला १४ थान र सिक्री १ थान प्रहरीले बरामद गरेको छ ।

सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा सो सुन बरामद गरेको हो । सो क्रममा प्रहरीले विमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जना यात्रुहरुको साथबाट सो सुन बरामद गरेको हो । 

अनुसन्धानको क्रममा उनीहरुलाई सुनका बाला तथा सिक्री मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनु भनेर ल्याएको खुलेको छ । 

बरामद सुन जस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

नेपालमा वैध बाटोबाट सुन ल्याउँदा लाग्ने भन्सार शुल्क नपरोस् भनेर सुन तस्करले तस्करीको नयाँ तरिका अपनाउन थालेका हुन् । 

प्रहरीले विमानस्थलमा दिनुहँजसो सुनसहित विदेशबाट स्वदेश फर्किएका नेपालीहरुलाई पक्राउ गर्दै आएको छ  । 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC