site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यमन झडपमा ६७ जनाको मृत्यु 
फाइल तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

दुबई । यमनमा भएको झडपमा परी ६७ जनाको मृत्यु भएको छ ।

देशको मुख्य सहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकुहरू मारिएको स्रोतले जनाएको छ । मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

प्रान्तभरि रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी छन् ।

Global Ime bank

“पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ,” सैन्य स्रोतले भन्यो ।

अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्रोहीहरूले भने कहिले–कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् ।

सैन्य स्रोतले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले २० हवाई आक्रमण गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  २३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC