जनकपुरधाम । तराई–मधेसमा जितिया पर्व सुरु भएको छ । सन्तानको सुख–शान्तिको कामना गर्दै महिलाहरूले यो पर्व मनाउँदै छन् ।
आइतबारदेखि विधिवत सुरु जितिया पर्वको दोस्रो दिन आज (सोमबार) नहाय खाय गरेका छन् । जनकपुरधामका जलाशायहरूमा महिलाहरूको घुइँचो लागको हो । विभिन्न जलाशयमा पुगेर महिलाहरूले नुहाएर घिरौलाको पातामा तेल खँडी चढाउँदै सन्तानको शिरमा तेल दलेर सुख–शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ ।
जितिया आउँदो बुधबार समापन हुनेछ । महिलाहरूले २४ देखि ३६ घण्टासम्म निराहार पानी समेत नखाई थुक पनि ननिल्ने हुनाले यो पर्वलाई कठोर मानिन्छ ।
मंगलबार बिहान सूर्योदयभन्दा पूर्व दही–चिउरा ओगटन (दर) खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार अपराह्न ५ बजेपछि समापन गर्नेछन् । यसपालि मंगलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने हुँदा समापन बुधबार साँझ हुने भएको हो ।
थप तस्बिर हेर्नोस्–