site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

काठमाडौँ । कमलपोखरी पुर्ननिर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको छ ।कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरूप काम अघि बढेको छ ।

मेयर शाक्यले कमलपोखरीको छिट्टै उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको बताए । ‘‘सबैले रानीपोखरी मात्रै देखेका छन् हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ,” उनले भने, ‘‘एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएका छौँ ।”

मेयर शाक्यले पानी पुनर्भरण र पानी शुद्धीकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरिएको जानकारी दिए । ‘‘पहिला बेवारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रूपमा विकास गर्ने अभियानलाई अघि बढाएका हाैँ,” शाक्यले भने, ‘‘वर्षौंदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुर्ननिर्माण गर्दै पुर्नजिवन दिने काम गरेका छौँ ।”

उनले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरूको प्रब‍र्द्धन र संरक्षण गर्ने महानगरपालिकाको अभियान रहेको भन्दै त्यहि अभियान अन्तरगत कमलपोखरीको पुर्ननिर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरूसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको बताए ।

‘‘पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । केही अनावश्यक विवाद झिकेर र कोभिडका कारण समयमा सम्पन्न गर्न सकेनौँ,” उनले भने, ‘‘पहिलो चरणको काम सम्पन्न गर्ने वित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बीट रहेको करीब पाँच रोपनी क्षेत्रलाई  विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छाैँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro