site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भदौमा १०२ व्यक्तिमाथि मानवअधिकार उल्लङ्घन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत भदौ महिनामा १०२ व्यक्ति मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत भदौ र यही असोज ७ गतेसम्म १५ पुरुष र ८७ महिला गरी १०२ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडित भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार प्रदेश २ मा २५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा १५, गण्डकी र वाग्मती प्रदेशमा १३र१३, प्रदेश १ मा १० र सुदूरपश्चिम प्रदेशमा आठ जना पीडित भएका छन् । भदौ महिनामा अपहरणका घटनामा दुई, कुटपिटका घटनामा दुई, घाइते एक, दुव्र्यवहारका घटनामा चार र धम्कीका घटनामा दुईजना पीडित भएका इन्सेकले जनाएको छ ।
    
भदौ महिनामा नौ जनाको हत्या गरिएको र बालअधिकार उल्लङ्घनका घटनामा ४७ तथा महिला अधिकार उल्लङ्घनका घटनामा ३५ जना पीडित भएका प्रतिवेदनमा उल्लेख छ । बालअधिकार उल्लङ्घनका घटनामा परी ४६ बालिका र एक बालक गरी ४७ जना बालबालिका पीडित भएका इन्सेकले जनाएको छ । 

अभिलेखित घटनामध्ये बलात्कारका घटनामा ३८, यौन दुव्र्यवहारका घटनामा छ, बेचबिखन प्रयासको घटनामा एक र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएको प्रतिवेदनमा छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro