राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलका नेताहरुले कानुनविदहरुसँग छलफल गर्न लागेका छन् ।
उनीहरुले आजै छलफल गर्न लागेको एक नेताले जानकारी गराए ।
गठबन्धनमा रहेको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अडान राखेपछि कानुनविदहरुसँग छलफल गर्न लागिएको हो ।
अध्यादेश खारेज भएपछि मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भएको एक नेताले जानकारी दिए ।
यादवले अध्यादेशले तत्काल राजनीतिक पार्टी र भविष्यमा मुलुकलाई अस्थिरतातर्फ लैजाने भएकाले तत्काल खारेज गर्नुपर्ने अडान राखेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १०:०६
प्रतिक्रिया दिनुहोस्