site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलाइ हुनु लज्जास्पद : डा. भट्टराई
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । सोमबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दबावमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्नु लज्जास्पद भएको बताए । 

उनले आफू प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा पारेर बुढीगण्डकी विकास समिति बनाई अन्तर्राष्ट्रिय संस्थामार्फत डीपीआर बनाउने र यसको विस्तृत परियोजना अनुरूप कार्यान्वयन गर्ने प्रक्रिया र मुआब्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भएपनि विचौलियाको कारण हालसम्म काम सम्पन्न नभएको दाबी गरे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“यो कसरी बनाउने, कसलाई ठेक्कापट्टा दिने, कसले कति कमिसन खाने भन्ने जस्ता बखेडाहरू झिकेर यो परियोजना ढिलो गरिनु अत्यन्त लज्जास्पद छ । स्थानीय जनतालाई विस्थापित गरेर, बेघरबार गरेर अन्यत्र धपाउने र त्यहाँ बनाएको परियोजनाबाट केही टाठाबाठाले लाभ लिने र राज्यको दोहन गरेर जनतामाथि शासन गर्ने बिडम्बनापूर्ण अवस्था छ । जनताले जुन जायज माग उठाएका छन्,” उनले भने ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना प्रभावितहरूले राखेका विभिन्न मागहरू पूरा गर्न गर्न सरकार जिम्मेवार नभएको भन्दै आजदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा दबावमुलक धर्ना सुरु गरेका छन् । धर्ना एकहप्ता सम्म हुने सरोकार समितिका संयोजक हरेराम ढकालले जानकारी दिए । 

Royal Enfield Island Ad

आयोजना प्रभावितले बुढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिएको तर जग्गामा बनेको घर, संरचना, फलफूलका बोटविरुवाको मुआब्जा निर्धारणसम्म नगरेको भन्दै समितिले घर, गोठ, संरचना र बोटविरुवाको यथार्थ लगत सकंलन गर्न, तत्काल मूल्य निर्धारण गरी वितरण गर्न र घर गोठ लगायतका भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगर्न सरकारसँग माग गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro