site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा अनलाइन पहुँचबाहिरका विद्यार्थी कक्षामै बसेर पढ्न सक्ने कार्यढाँचा जारी
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगर महानगरपालिकाले इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीलाई मात्र भौतिक रुपमा उपस्थित गराई सम्पर्क कक्षा संचालन गर्ने कार्यढाँचा जारी गरेको छ । 

विद्यालय संचालन कार्यढाँचा सार्वजनिक गर्दै महानगरले आजबाट लागु हुने गरी कार्यढाँचाअनुसार गर्न/गराउन निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

इन्टरनेट पहुँच हुने विद्यार्थीका लागि विद्यालयले अनिवार्य जुम, गुगलमिट वा पहुँचयोग्य माध्यम प्रयोग गरी भर्चुअल सिकाइबाट शिक्षण सिकाईलाई निरन्तरता दिन निर्देशन दिएको छ । सबै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुगेको सुनिश्चित गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा अन्य विभिन्न निकायबाट विकास गरिएका अनलाइन/आफलाइन सिकाई सामग्रीको अध्ययन गर्न प्रोत्साहन गर्न, सीयूजी सिमको प्रयोगमार्फत सिकाई सहजीकरण गर्न, विभिन्न रेडियो, टेलिभिजन तथा अनलाइन÷आफलाइनमाध्यमबाट प्रसारित पाठ हेर्न, सुन्न, अध्ययन गर्न, सुसूचित गर्न तथा प्रोत्साहन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।
 
इन्टरनेट पहुँच नहुने विद्यार्थीको हकमा भने सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको सुनिश्चित गर्न, विद्यालयले सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी सिकाइ सहजीकरण निर्देशिका तथा कोभिड महामारीको अवस्थामा हुनसक्ने निशेषाधाको प्रकृति अनुरुप मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजना २०७८ ले व्यवस्था गरेअनुसरा आलोपालो प्रणाली लागु गरी एक बेन्चमा एकजना मात्र विद्यार्थी बस्ने व्यवस्था मिलाई सम्पर्क कक्षाका माध्यमबाट सिकाइ सहजीकरण गर्न सक्ने भनेको छ । 

चारसय जनासम्म विद्यार्थी भएका विद्यालयले प्रतिसिफ्ट एकसयभन्दा बढी विद्यार्थी समावेश नगर्न, अनलाइनमा पहुँच नभएका कूल विद्यार्थी संख्याको बढीमा २५ प्रतिशत नबढ्ने गरी एकसय जनाभन्दा बढी विद्यार्थी भएमा अनिवार्य दुई सिफ्ट संचालनको व्यवस्था गर्न विद्यालयहरुलाई सूचित गरेको छ । एक दिनमा दुई सिफ्टभन्दा बढी कक्षा संचालन गर्न नपाइने र सम्पर्क कक्षाको अवधि ३ घण्टा हुनुपर्ने महानगरले निर्देशन जारी गरेको छ । एउटा सिफ्ट सकिएको डेढ घण्टापछि मात्र अर्को कक्षा संचालन गर्नुपर्ने महानगरको कार्यढाँचामा उल्लेख छ ।
 
शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार विद्यालयका विद्यार्थीबीच पाठ्य पुस्तक, कलम, कापी साटासाट गर्न नदिने, अनिवार्य रुपमा अभिभावकसँग विद्यालय संचालनको विषयमा भर्चुअल छलफल गर्ने, कक्षामा पठाउन अभिभावकले अस्वीकार गरेमा त्यस्ता विद्यार्थीको लागि फरक माध्यमबाट कक्षा संचालन गर्ने प्रबन्ध मिलाउने, विद्यालय हाता तथा कक्षाकोठा दैनिक नियमित निर्मलीकरण गर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गराउनु पर्नेछ ।
 
विद्यालयमा शिक्षक वा विद्यार्थीमा कोभिडको लक्ष्यण देखिए स्वास्थ्य सम्बन्धी मापदण्डमा उल्लेख भएअनुसार अलग गर्ने र स्वास्थ्य सावधानी अपनाउन पनि निर्देशन दिइएको छ । 

Royal Enfield Island Ad

कार्यढाँचाअनुसार विद्यालय संचालन भए नभएको अनुगमन गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहेको समिति गठन गरिएको छ । विराटनगरका मेयर भीम पराजुलीले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्य सावधानी अपनाउन कमजोरी गर्न नहुने बताउँदै भने, “विद्यालय क्षेत्र अझ जोमिखयुक्त मानिएकोले सबैले सावधान हुन जरुरी छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro