site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा निषेधाज्ञा थप खुकुलो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । चितवनमा निषेधाज्ञा थप खुकुलो गर्दै लगिएको छ ।

जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर घट्दै गएका कारण निषेधाज्ञा खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज कार्यालयले आदेश जारी गर्दै आउँदो असोज १५ गतेसम्म निषेधाज्ञा थप गरेको छ । यसअघि जारी निषेधाज्ञा बिहीबार राति १२ बजे सकिँदै छ ।

कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले पछिल्लो समयमा कोरोना संक्रमणदर र मृत्युदरमा क्रमशः कमी हुंँदै आएकोले निषेधाज्ञा खुकुलो गर्दै लगिएको बताए ।

Royal Enfield Island Ad

“यसअघि गरिएको निषेधाज्ञामा सक्रिय संक्रमितको संख्या एक हजार हाराहारीमा थियो, अहिले ७०० भन्दा पनि कम छ,” पौडेलले भने ।

जारी नयाँ आदेशमा सभा–सम्मेलनका लागि मापदण्ड अपनाएर सीमित संख्यामा मानिस रहेर सञ्चालन गर्न अनुमति दिइएको छ । सिनेमा हलका सञ्चालकले कार्यविधि पेस गरेमा सोहीअनुसार अनुमति दिइने उल्लेख छ ।

विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको समन्वयमा असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने उनले बताए ।

अरू आदेश यसअघिकै निरन्तरता हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमणदर थप घट्दै गएको खण्डमा जारी निषेधाज्ञाको समयावधिभित्र नै आदेश संशोधन एवं पुनरवलोकन गर्न सकिने आदेशमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro