site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विष्णु माझीबारे मानवअधिकार आयोग के भन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गायिका विष्णु माझी किन सार्वजनिक भइनन् भन्ने विषयमा आवाज उठाउने बेला भइनसकेको जनाएको छ ।

लामो समयदेखि सार्वजनिक कार्यक्रममा उनी नदेखिए पनि विष्णुलाई दबाबमा राखिएको सूचना आफूहरूलाई अहिलेसम्म कहीँ कतैबाट नआएकाले उनका बारेमा चासो दिइनसकेको आयोगको भनाइ छ ।

यद्यपि, विष्णु माझीका सन्दर्भमा सञ्चारमाध्यममा आएका समाचार तथा टिप्पणीहरूलाई भने नजरअन्दाज नगरेको राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेल बताउँछन् । “हामीले उहाँका बारेमा सञ्चारमाध्यममा आएका कुराहरू हेरिरहेका छौँ । तर, उहाँ पारिवारका सदस्य अथवा कसैको दबाबका कारण बाहिर नआएको भन्ने हामीलाई लिखित अथवा मौखिक सूचना वा उजुरी छैन,” आयोगका प्रवक्ता डा. पोखरेल भन्छन्, “त्यसैले हामीले कसैलाई पनि उनका बारेका बुझ्न वा खोजी गरेर अवस्था बुझ्न भनेका छैनौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

दबाबमा रहेको भनेर व्यक्ति स्वयं वा अरू कसैले उजुरी दिए आयोगले चासो देखाउने उनी बताउँछन् । अन्यथा, स्वेच्छाले बसेको हुन सक्ने र त्यस्तो अवस्थामा कसैले पनि उनको व्यक्तिगत अधिकारमाथि दख्खल पुर्‍याउन नहुने प्रवक्ता पोखरेलको भनाइ छ ।

“अहिलेसम्म उहाँले कहीँ कतै कसैको दबाबका कारण आफू सार्वजनिक कार्यक्रममा सहभागी नभएको भन्नुभएको छैन । केही वर्षअगाडि जिल्ला प्रशासन कार्यालयले बोलाएर बुझ्दा उहाँ स्वयंले आफूलाई कसैको दबाब नरहेको र आफूखुसी नै सार्वजनिक कार्यक्रममा सहभागी नभएको भनेको हामीले सुनेका छौँ । त्यसैले अहिलेसम्मको हाम्रो बुझाइ उहाँ कसैको दबाब र धम्कीले भन्दा पनि स्वेच्छाले नै बाहिर ननिस्कनुभएको हो भन्ने छ,” उनले भने ।

Royal Enfield Island Ad

आयोगलाई विष्णु दबाबकै कारण बाहिर नआएकी हुन् भन्ने लागेमा सरोकारवाला पक्षलाई उनको सत्यतथ्य पत्ता लगाएर मानवअधिकार सुरक्षित हुने वातावरण तयार गरिदिन आग्रह गरिने प्रवक्ता पोखरेल बताउँछन् । तर, कसैले आफू कुनै कार्यक्रममा सहभागी हुन्न वा कसैसँग घुलमिल हुन्न आफ्नै घरमा बस्छु भनेको खण्डमा त्यो उनको स्वतन्त्रता भएको उनी बताउँछन् ।

“मनुजबाबु मिश्र दशकौँदेखि एकान्तवासमा बस्नुभयो । त्यो उहाँको आफ्नो अधिकार हो । त्यस्तै चाहना उहाँको पनि हुनसक्छ । यदि, त्यस्तो चाहना उहाँको हो भने त्यो अधिकार उपभोग गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ,” प्रवक्ता पोखरेल भन्छन्, “कुनै न कुनै हिसाबले पीडित हो भनेर कुरा आयो भने हामी छँदै छौँ । त्यस्तो अवस्थामा आयोगले चासो व्यक्त गर्छ ।”

कसैले आम व्यक्तिमाझ जान असहज महसुस गर्न सक्ने र त्यसको उदाहरण भुवन केसी भएको उनको भनाइ छ । “पहिला–पहिला कालो सिसा भएको गाडी काठमाडौंमा गुड्यो भने त्यो भुवन केसीको गाडी हो भन्थे,” प्रवक्ता पोखरेल भन्छन्, “उहाँले आफू सार्वजनिक रूपमा हिँड्दा असहज महसुस हुने गरेकाले कालो सिसा भएको गाडी प्रयोग गर्ने गरेको अन्तर्वार्ता दिनुभएको थियो, त्यो उहाँको अधिकार हो ।”

केही दिनअगाडि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विष्णु माझीको माइतीमा गएर उनीबारे बुझ्ने प्रयास गरेको थियो । तर, उनी लामो समयदेखि माइत नगएको पाइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल बताउँछन् ।

“राष्ट्रिय महिला अधिकार आयोगका अध्यक्ष कमला पराजुलीले हामीलाई फोन गरेर अवस्था के हो भनेर बुझ्न भनेपछि हामीले प्रहरीमार्फत बुझ्ने प्रयास गरेका थियौँ,” प्रमुख जिल्ला अधिकारी नेपालले भने, “तर, उहाँको घरका आफन्त खासै कोही पनि नरहेको प्रहरीले हामीलाई खबर गरेको छ । बाबु–आमा नरहेको र दाजु पनि विदेशमा रहेकाले आफन्त पनि खासै कोही नरहेको पाइयो । केही समयअगाडि सानो बुवाको मृत्यु हुँदा पनि उनी नगएको पाइयो ।”

विष्णु माझीको श्रीमान् सुन्दरमणि अधिकारीको घर कास्कीमा छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा भने उनको अवस्थाबारे जानकारी लिन कसैले नभनेको वा कुनै उजुरी वा आग्रह लिखित तथा मौखिक रूपमा नआएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम बताउँछन् । “अहिलेसम्म जिल्ला प्रशासनमा विष्णु माझीको अवस्थाबारे खोजी पाउँ भनेर कसैले लिखित र मौखिक उजुरी वा आग्रह आएको छैन,” प्रमुख जिल्ला अधिकारी गौतमले भने ।

सञ्चारमाध्यममा विभिन्न खालका समाचारहरू आएपछि चासो व्यक्त गरेको राष्ट्रिय महिला अधिकार आयोगले जनाएको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रिय व्यक्तित्त्वका विषयमा विभिन्न खालका समाचारहरू आएकाले आफूले प्रमुख जिल्ला अधिकारीमार्फत विष्णुका बारेमा बुझ्ने प्रयास गरेको बताइन् ।

“राष्ट्रिय व्यक्तित्त्वका बारेका धेरै खालका समाचारहरू आएकाले मैले प्रमुख जिल्ला अधिकारीमार्फत उहाँका बारेमा बुझ्ने प्रयास गरेको थिएँ,” आयोग अध्यक्ष पराजुलीले भनिन्, “उहाँका बारेमा चासो राख्नु स्वाभाविक पनि हो । सार्वजनिक हुने/नहुने व्यक्तिको अधिकार हो, तर सार्वजनिक व्यक्तिका बारेमा चासो राख्नु पनि अस्वाभाविक भने होइन ।”

गायिका विष्णु माझी लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । लोकदोहोरी विधामा लोकप्रिय रहेकी उनले गीत भने गाउँदै आएकी छन् । प्रतिगीत रेकर्ड गराएको पारिश्रमिक उनी दुई लाख रुपैयाँ लिन्छिन् । गीत र पारिश्रमिकको ‘डिल’ उनका श्रीमान् सुन्दरमणि नै गर्छन् ।

गीत रेकर्ड गर्न विष्णुलाई स्टुडियो ल्याउने र लैजाने काम पनि सुन्दरमणि आफैँ गर्छन् । स्टुडियोमा गीत गाउन्जेल पनि स्टुडियोमा पर्दा लगाएर गाउने गरेको स्टुडियो सञ्चालकहरूले बताउँदै आएका छन् ।

स्टुडियोमा रहेका संगीतकर्मीहरूसँग पनि नबोल्ने उनी कसैसँग फोटो खिचाउन पनि मान्दिनन् । सार्वजनिक रूपमा देखिन छोड्नुभन्दा अगाडि भने विष्णु रोधीघरमा लाइभ लोहोरी गाउँथिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro