site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ राजदूतलाई बेलायतको संसद्मा प्रतिबन्ध

लन्डन । बेलायतको संसद्ले चिनियाँ राजदूतलाई प्रतिबन्ध लगाएको छ ।

चीनले केही बेलायती सांसदहरूलाई प्रतिबन्ध लगाएको बदलामा बेलायतका लागि चिनियाँ राजदूतलाई त्यहाँको संसद्मा प्रवेश निषेध गरिएको हो ।

Dabur Nepal

चीनसम्बन्धी सर्वदलीय समूहले बुधबार संसद्मा आयोजना गरेको जमघटमा चिनियाँ राजदूत झङ जगवाङ सहभागी हुने बताइएको थियो । तर, विरोध भएपछि तल्लो सदन हाउस अफ कमन्सका सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन हाउस अफ लर्ड्सका सभामुख लर्ड मक्फलले झङको सहभागिता सम्भव नभएको बताए ।

चिनियाँ दूतावासले यस कदमलाई ‘घृणित र कायर’ निर्णय भन्दै यसले दुई देशको स्वार्थमा हानि पु¥याउने प्रतिक्रिया दिएको छ ।

गएको मार्चमा चीनले आफ्नो देशविरुद्ध अफवाह फैलाएको भन्दै बेलायतको तल्लो सदनका पाँच र माथिल्लो सदनका दुई सांसदलाई यात्रा प्रतिबन्ध लगाएको थियो र उनीहरूको सम्पत्ति रोक्का गरेको थियो ।

शिन्जियानमा मानवअधिकारको उल्लंघन गरेको भन्दै चिनियाँ अधिकारीहरूमाथि बेलायतले पहिलोपटक लगाएको प्रतिबन्धको प्रत्युत्तरमा चीनले यस्तो कदम उठाएको थियो ।

तथापि, चीनसम्बन्धी संसदीय समूहले चिनियाँ राजदूतलाई निमन्त्रणा दिने निर्णय गरेको थियो । तर, गएको साता प्रतिबन्धमा परेका सांसदले आफूहरूको चासो व्यक्त गर्दै सभामुखलाई पत्र लेखेका थिए ।

दुई देशबीच तनाव बढिरहेका बेला प्रतिबन्धसम्बन्धी समाचार आएको हो । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro