site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्ली विधानसभामा ९६ महिला उमेदवार चुनावी मैदानमा, यी रहनेछन् केन्द्रमा

काठमाडौं । दिल्ली विधानसभा चुनावमा ९६ महिला उमेदवार चुनावी मैदानमा छन् । यो संख्या कुल उमेदवारहरूको १४ प्रतिशत हो ।

दिल्ली विधानसभा चुनावमा मुख्यमन्त्री आतिशी आम आदमी पार्टीको प्रमुख महिला अनुहार हुन् । कांग्रेसले आतिशीको विरुद्धमा अलका लाबालाई उमेदवार बनाएको छ । 

Dabur Nepal

भाजपाबाट शिखा राय ग्रेटर कैलाशबाट सौरभ भारद्वाजविरुद्ध चुनाव लड्दै छिन् । आतिशीले यसअघि पनि दिल्लीको कालकाजी सिटबाट चुनाव जितेकी थिइन् । अलका लाबा अखिल भारतीय महिला कांग्रेसकी अध्यक्ष हुन् ।

यसैबीच, दिल्ली विधानसभा चुनावमा मतदान सुरु भएको छ । दिल्ली विधानसभा चुनावमा ७० विधानसभा सिटमा चुनाव हुँदै छ ।

६९९ उमेदवारलाई डेढ करोडभन्दा बढी मतदाताले मतदान गर्नेछन् । मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा हुनेछ । यस चुनावमा लगभग एक १ करोड ५६ लाख मतदाताले मतदान गर्नेछन् । 

दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो । २०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो । २०२० मा ६२ सिट जितेको थियो । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro