काठमाडौं । व्यापारिक समूह शिवशक्ति ग्रुप काठमाडौं किङ्स इलाभेनको गोल्ड पार्टनर बनेको छ । टेली होल्डिङ्स प्राइभेट अन्तर्गतको एभरेष्ट प्रिमियर लिगमा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किङ्स इलाभेनले शिवशक्ति ग्रुपको फेमेली वेल र उर्जा राइससँग गोल्ड पार्टनर हुने सम्झौता गरेको हो ।
शिवशक्ति ग्रुपले अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगाधुने साबुन, कृषिजन्य उत्पादन चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल, दाल र अरु खाद्य तेल उत्पादन गर्दै आएको छ ।
शिवशक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेको बताए । “एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौं” उनले भने ।