site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकिङ क्षेत्र बढे पनि हाइड्रोपवारमा गिरावट, नेप्सेमा ०.२७ अंकको सामान्य वृद्धि

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमाबार नेप्से ०.२७ प्रतिशतले वृद्धि भएर २९४७.७० अंकमा बन्द भएको छ । दिनभर तिव्र उताचढाव देखिएको बजारमा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २९८४.३१ अंकको उच्च बिन्दु कायम गर्दा २९३९.७९ अंकको न्यून बिन्दु कायम गर्यो ।

नेप्सेमा समान्य वृद्धि भए पनि उपसूचकहरु भने मिश्रीत देखिएका छन् । बजारमा बैंकिङ क्षत्रले नेप्सेलाई उचाल्ल्ने प्रयास गरे पनि हाइड्रोपावर र लघुवित्त उपसूचकले गर्दा नेप्से बढ्ने सकेन ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रसहित होटल तथा पर्यटन र व्यापार र बिमा क्षेत्रका दुबै उपसूचकमा वृद्धि भएको छ । यता, आइतबार उच्च वृद्धि भएको हाइड्रोपावर उपसूचकमान आज सवार्धिक गिरावट हुँदा उत्पादनमूलक, लघुवित्त तथा अन्य उपसूचकमा भने गिरावट भएको छ । बैंकिङ उपसूचक ०.८६ प्रतिशत, व्यापार उपसूचक ०.९७ प्रतिशत, निर्जीवन बिमा उपसूचक १.४८ प्रतिशत र जीवन बिमा उपसूचक ०.५२ प्रतिशतले वढेको छ । यता, हाइड्रोपावर उपसूचकमा २.५४ प्रतिशतको गिरावट हुुँदा उत्पादनमूलक उपसूचकमा १.३५ प्रतिशतले घटेको छ ।

नेप्सेमा उतारचढाव कायम रहँदा बजारमा ९ अर्ब माथिको कारोबार भएको छ ।  आज नेप्सेमा १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजारको कारोबार भएको छ ।

उपसूचकम उच्च गिरावट भए पनि कारोबार रकममा भने हाइड्रोपावर कम्पनीले नै लिड गरेका छन् । अरुण भ्याली हाइड्रोपवारको ६२ करोडको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपवारको साढे ४७ करोड र नेशनल हाइड्रोपावरको ३४ करोडको कारोबार भएको छ ।

आज नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा ७६ कम्पनीको सेयरमूल्य बढेको छ भने १०२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको  सेयमूल्य स्थिर रहेको छ । सेयरमूल्य बढेका मध्ये अजोड इनस्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको सेयमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

सेयरमूल्य घट्नेमा जलविद्युत कम्पनी अगाडि छन् । कालिका पावरको सेयरमूल्यमा ६ प्रतिशत माथिको गिरावट हुँदा रेराङ, ग्रिनलाइफ, युनिभर्सल र माउन्टेन हाइड्रो नेपालको सेयमूल्य ५ देखि ६ प्रतिशतको चिमा घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro