site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम हुने
SkywellSkywell

काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा वर्गमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाइफ’सम्बन्धी बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

यही भदौ २५ गतेको सञ्चालक समितिको निर्णयानुसार आउँदो महिनाबाट देशव्यापी बिमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीका प्रमुख कार्यक्रमारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।

Dabur Nepal
NIC Asia

दुईवर्षे यस अभियानमा आ.व. २०७८/७९ भित्र २५ वटा जिल्ला र आ.व. २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

यो कार्यक्रमअन्तर्गत १६ वर्षमाथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवालाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरूको जानकारीको साथै बिमाको बारेमा तालिम प्रदान गरिने उनले बताए ।

‘काम गरी आयआर्जन गर – बिमा गरी सुरक्षित बन’ भन्ने मूल विषयवस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरूले प्रशिक्षण दिने उनले बताए । प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देशभरिका कम्पनीका वरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बिमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समिति गठन गरिने र जिल्ला–जिल्लामा प्रभावकारी रूपमा बिमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्लास्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन हुने उनले बताए ।

प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरूले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्नेछन । पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरूको भेलाले बिमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu