site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
इटालीको नयाँ कीर्तिमान 
SkywellSkywell

 काठमाडौं ।  इटालीले शानदार जितसहित नयाँ कीर्तिमान बनाएको छ । विश्वकपको युरोपियन छनोटमा बुधबार राति इटालीले लियुनियालाई ५–० गोल अन्तरले पराजित गर्दै नयाँ कीर्तिमान बनाएको हो ।
 
इटालीले ३७ खेलसम्म अपराजित रहने पहिलो राष्ट्रिय टिमको कीर्तिमान बनाएको छ । 

इटालीलाई जित दिलाउन एभर्टनका फरवार्ड मोइस केनले दुई गोल गरे । त्यस्तै गिभानी डी लोरेन्जो, जियाकोमो रासपाडोरी एक एक गोल गरे । अजुरीले एडगारस उत्कुसको एक आत्मघाति गोल उपहार पाएको थियो ।

Dabur Nepal
NIC Asia

इटालीले पछिल्लो हप्तानै सर्वाधिक अपराजित टिमको कीर्तिमान ब्राजिलसँग बराबरी गरेको थियो । ब्राजिल सन् १९९३ देखि १९९६ सम्म ३६ खेलमा अपराजित रहेको थियो । इटालीले राष्ट्रिय टिमको इतिहासमा पहिलो पटक ३० मिनेटभित्र चार गोल गरेको हो ।

सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग पराजित बनेपछि इटाली अपराजित छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro