काठमाडौं । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई 'ए माइनस'बाट 'ए' तथा हाल विद्यामान ऋणपत्रको रेटिङलाई पनि 'एलए माइनस'बाट 'एलए' मा स्तरवृद्धि गरेको हो ।
यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।
बैंकको पर्याप्त तरलता तथा पूँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आयविवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्वलगायत तथ्यको आधारमा बैंकको रेटिङको स्तर वृद्धि गरिएको जनाइएको छ ।