काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले २०२१ रेन्जअन्तर्गत कन्भर्टिबल ५ इन १ एयर कन्डिसनर प्रस्तुत गरेको छ । कन्भर्टिबल ५ इन १ मा इन्भर्टर ए सिको साथ 'यान्टी डस्ट' तथा 'ब्याक्टेरियल प्रोटेक्टर'को साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कम बिजुली खपत, सहज एवम् 'कस्टमाइज कुलिङ'तथा हिटिङ जस्ता मोडहरूले सम्पूर्ण परिवारका आवश्यकताहरूलाई सहजै परिपूर्ति गर्ने कम्पनीले जनाएको छ ।
नयाँ रेन्जको एसिमा सामसङले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्ष तथा कपर कन्डेन्सर एवम् पीसीबीमा १ वर्षको डुराबिलिटीको प्रतिबद्धता प्रदान गरेको जनाइएको छ । सबै मोडेल्सहरू आर ३२ ग्यास तथा एयान्टी कोरोसनकपर कन्डेन्सर भएको जनाइएको छ ।
यसमा भएका अन्य विशेषताहरूमा स्मार्ट इन्स्टलेसन हो । सेल्फ डाइग्नोसिस फिचर, ट्रिपल प्रोटेक्टर प्लस, तथा भोल्टेज फ्लकटुएसन प्रोटेक्टर जस्ता सुविधाहरू पनि विद्यमान रहेको जनाइएको छ ।
सामसङका एसीहरू १ टन तथा २ टन गरी दुई किसिमका रहेका छन् । यी नयाँ एसिहरूको सुरुवाती मूल्य ९० हजारदेखि रहेको कम्पनीले जनाएको छ ।