काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना साउनमा विकास बैंकहरूको कर्जा लगानी १.६१ प्रतिशत र निक्षे १.५४ प्रतिशतले बढाएका छन् । डेभपमेन्ट बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ साउन मसान्तसम्म विकास बैंकहरूको कुल निक्षेप ४ खर्ब ८८ अर्ब ८४ करोड र कुल कर्जा लगानी ४ खर्ब २२ अर्ब ८१ करोड पुगेको छ । ०७८ असार मसान्तको तुलनामा साउन लागेपछि मुक्तिनाथ विकास बैंकले निक्षेप ४ अर्ब ४५ करोड (४.८४ प्रतिशत) र कर्जा लगानी २ अर्ब ५५ करोड (३.३२ प्रतिशत) ले बढाएको छ । बैंकको कुल निक्षेप ९६ अर्ब ३० करोड र कुल कर्जा लगानी ७९ अर्ब २३ करोड पुगेको छ ।
यता चालु आर्थिक वर्षको पहिलो महिनामा गरिमा विकास बंैंक ज्योति विकास बैंक र सिन्धु विकास बैंकको भने निक्षेप घटेको छ । गरिमा विकास बैंकको निक्षेप ९१ कोड (१.३७ प्रतिशत) ज्योति विकास बैंकको निक्षेप २ अर्ब ( ३.८३ प्रतिशत) र सिन्धु विकास बैंकको निक्षेप ११ करोड (२.६५) प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्ष लागेपछि लगानीमा रहेको कर्जा घट्नमा ज्योति विकास बैंक मितेरी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेको छ । साउनमा ज्योति विकास बैंकको कर्जा लगानी १ अर्ब २१ करोड (२.६३ प्रतिशत), मितेरी डेभलपमेन्ट बैंकको ९ करोड (१.८१ प्रतिशत) र सिन्धु विकास बैंकको करिब १७ करोड (४.५६) प्रतिशतले कर्जा घटेको छ । साउन महिनामा विकास बैंकहरूले ७ अर्ब ४३ करोडले निक्षेप र ६ अर्ब ७० करोडले कर्जा बढाएका हुन् । नारायणी डेभलमेन्ट बैंक, सलपा विकास बैंक र सहारा विकास बैंकको भने विवरण प्राप्त नभएको डेभलपमेन्ट बैंकर्स संघले जनाएको छ ।
साउन महिनामा निक्षेप र कर्जा दुवै बढाएका विकास बैंकहरूको भदौ लागेपछि भने निक्षेप घट्न लागेको छ । सरकारको बजेट खर्च हुन नसकेको तर राजस्व संकलन भइरहँदा बैंकिङ प्रणालीबाट निक्षेप भने घट्न लागेको हो ।
भदौ ५ गते ४ खर्ब ८९ अर्ब ३७ करोड ७२ लाख रहेको विकास बैंकहरूको कुल निक्षेप साउन ११ गते आउँदा एक सातामा २ अर्ब २३ करोड ६० लाख (०.४६ ) प्रतिशतले घटेर ४ खर्ब ८७ अर्ब १४ करोड १२ लाखमा झरेको छ । तर, सोही अवधिमा बैंकहरूको कर्जा लगानी ४ खर्ब २६ अर्ब ८९ करोड ८५ लाखबाट २ अर्ब ४४ करोड ८७ लाख (०.५७) प्रतिशतले बढेर ४ खर्ब २९ अर्ब ३४ करोड ७२ लाख पुगेको छ ।
पछिल्लो एक सातामा कर्जा वृद्धि राष्ट्रिय स्तरका विकास बैंककोभन्दा क्षेत्रीय स्तरका विकास बैंकको बढी रहेको छ भने निक्षेप पनि राष्ट्रिय स्तरका विकास बैंककोभन्दा क्षेत्रीय स्तरका विकास बैंकको बढी घटेको छ । राष्ट्रिय स्तरको विकास बैंकको निक्षेप ०.४२ प्रतिशतले गिरावट हुँदा कर्जा ०.५४ प्रतिशतले बत्रढउको छ । यस्तै, क्षेत्रीय स्तरका विकास बैंकको निक्षेप ०.६५९ प्रतिशतले घट्दा कर्जा लगानी भने ०.७५ प्रतिशतले बढेको छ ।
भदौ ५ गते ४ खर्ब १६ अर्ब ४५ करोड ८ लाख रहेको राष्ट्रिय स्तरका विकास बैंकको निक्षेप १ अर्ब ७३ करोड ३० लाखले घटेर ४ खर्ब १४ अर्ब ७१ करोड ७८ लाखमा झरेको छ । सोही अवधिमा कर्जा लगानी भने ३ खर्ब ६० अर्ब ५८ करोड ५५ लाखमा १ अर्ब ९५ करोड २६ लाखले बढेर ३ खर्ब ६२ अर्ब ५३ करोड ८० लाख पुगेको छ ।
उक्त अवधिमा क्षेत्रीय स्तरका विकास बैंकहरूमा ७२ अर्ब ९२ करोड ६४ लाखमा ५० करोड ३० लाखले घटेर ७२ अर्ब ४२ करोड ३३ लाखमा झरेको छ । यस्तै, कर्जा लगानी भने ६६ अर्ब ३१ करोड ३१ लाखमा ४९ करोड ६१ लाखले बढेर ६६ अर्ब ८० करोड ९२ लाख पुगेको छ ।