site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पन्जशीरका तालिबान विरोधी लडाकुहरूलाई हतियार बिसाउन तालिबानको आह्वान
Siddhartha BankSiddhartha Bank

काबुल । तालिबानले अन्तिम प्रमखु विपक्षी गढ काबुलको उत्तरमा रहेको पन्जशीर उपत्यकाका लडाकुहरूलाई हतियार बिसाउन आह्वान गरेको छ । देशभर कब्जा जमाएको तालिबानले पन्जशीरमा अझै पकड जमाउन सकेको छैन ।

तालिबानका वरिष्ठ अधिकारी अमिर खान मुत्तकीले ट्विटरमार्फत् दिएको अडियो सन्देशमा वार्ता असफल भएको बताएका छन् । उनले स्थानीयवासीलाई लडाकुहरूलाई आत्मसमर्पण गर्न प्रेरित गर्न आग्रह गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, अफगानिस्तानका अपदस्थ रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले पन्जशीरमा रातभर भएको आक्रमणलाई पछि हटाइदिएको, परिणामस्वरूप ३४ तालिबानको मृत्यु भएको बताएका छन् ।  

धेरै दशकदेखि आक्रमणकारीको प्रतिरोध गर्ने पन्जशीर उपत्यकाको अफगानिस्तानमा अत्यिधिक प्रतीकात्मक मूल्य छ । तालिबान विरोधी हजारौँ लडाकुहरू राजधानीबाट ३० माइल (५० किमी) वा सो भन्दा थोरै टाढा रहेको दुर्गम उपत्यकाको एउटा साँघुरो घाटीमा पकड कायम गरिरहेको बताइएको छ । बीबीसीबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  २२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement