site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न जाँचबुझ आयोग गठन
फाइल तस्बिर ।
SkywellSkywell

काठमडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानामाथि छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यक्ष ढुङ्गानामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो ।

Dabur Nepal
NIC Asia

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, “धितोपत्र बोर्डका अध्यक्षका विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अयक्षतामा विज्ञ सदस्य प्राध्यापक नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ आयोग गठन भएको छ ।”

छाेरि रेविका ढुङ्गानाकाे नाममा बुक बिल्डिङ विधिबाट धिताेपत्रकाे सार्वजनिक निष्कासन गर्ने प्रकृयामा रहेकाे सर्वाेत्तम सिमेन्टकाे सेयर खरिद गरेपछि ढुङ्गाना विवादमा तानिएका थिए ।

प्रतिनिधिसभा अन्तर्गतकाे अर्थ समिमिले यस विषयमम छलफल गर्दै कानुन बमाेजिम छानबिन गरी कारबाही अगाडि बढाउन सरकारलाई निर्देशन दिएकाे थियाे । अर्थ मन्त्रालयले मन्त्रालयकाे कानुन महाशाखा प्रमुख तथा सहसचिवकाे नेतृत्वमा अध्ययन गर्न समिति बनाएकाे थियाे ।

अध्ययन समितिले ढुङ्गानाकाे छाेरीकाे नाममामात्रै नभएर भाइ र बुहारीकाे नाममा पनि सर्वाेत्तम सिमेन्टको सेयर खरिद गरेकाे देखिएकाे भन्दै ढुङ्गानासँग स्पष्टिकरणसमेत साेधकाे थियाे ।

ढुङ्गानासँगै बाेर्डकै सञ्चालक रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका भाइ हेमराज ढकालले पनि सेयर खरिद गरेका थिए । यस्तै, नेप्सेका सीईओ चन्दसिंह साउँदले पनि कम्पनीकाे सेयर श्रीमतीकाे नाममा खरिद गरेका थिए । याे विवादसँगै ढकाल र साउँदले पदबाट राजीनामा दिइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu