काठमाडौं । आशा लघुवित्त सञ्चालनको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले संस्थालाई यस उचाइमा ल्याउनका लागि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने नियामक निकाय, सञ्चालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, लगानीकर्ताहरू, ग्राहक सदस्यहरू, कर्मचारीहरूलगायतलाई धन्यवाद व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रूपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने मूल नाराका साथ नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय स्थापना गरी ०७३ भदौ १५ गतेदेखि कारोबार सुरु गरेको थियो ।
हाल संस्थाले आफ्ना ५५ वटा शाखा कायालयहरूमार्फत ६५ हजारभन्दा बढी सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै चार अर्बभन्दा बढी कर्जा प्रवाह र एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।