site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काबुलमा अमेरिकाले ड्रोन आक्रमण गरेर आईएसको कार बम 'ध्वस्त पारिदियो'
तस्बिर : एजेन्सी ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) को कार बमलाई ‘नष्ट गरिदिएको’ छ । आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती कार बम विस्फोट गर्न खोजिरहेको एक जनालाई अमेरिकी सेनाले ड्रोन आक्रमण गरेर मारिदिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । 

ठुलो परिमाणमा विष्फोटक पदार्थ बोकेको कारलाई अमेरिकी सैनिकको मानवरहित विमानले आक्रमण गरेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । रोयटर्सका अनुसार आइतबार राति ११ बजेसम्म मानवीय क्षतिबारे कुन विवरण प्राप्त भएको छैन । तर, त्यसबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । 

Agni Group
NIC Asia

गत बिहीबार काबुुल विमानस्थलबाहिर इस्लामिट स्टेटले गरेको बम हमलापछि अमेरिकी सेनाले आइतबार दोस्रोपटक हवाई आक्रमण गरेको हो । 

शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले २४ देखि ३६ घण्टाभित्र काबुल विमानस्थलमा आक्रमण हुनसक्ने बताएका थिए । अमेरिकी सेनाले आगामी मंगलबार (अगस्ट ३१) मा अफगानिस्तान छोड्दैछ । 

Global Ime bank

अमेरिकी अधिकारीहरूले अमेरिकी सेनाले काबुल छोड्ने क्रममा स्थानीय ‘आईएसआईएस–के’ ले विमानस्थलमा आक्रमण गर्नसक्ने विषयलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । 

अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति घट्दै जाँदा अन्य आतंकवादी समूहले आफ्नो आक्रमणलाई बढाउँदै लैजाने अनुमान गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  २३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय