अर्थ व्यवसाय
काठमाडौं । व्यापारिक घराना गोल्यान समूह जनावर कल्याण अभियानमा पनि लागेको छ । जनावर उद्धार टिम स्नेहा केयरसँगको सहकार्यमा काठमाडौं उपत्यकाको सडकमा रहेका तीन सय कुकुरलाई दैनिक खाना खुवाउने काममा सहयोग गर्दै आएको कम्पनीले जनाएको छ ।
'जनावरको पनि बाँच्न पाउने अधिकार छ' भन्ने जनचेतना जगाउन पनि यो अभियान सञ्चालन गरेको समूहले जनाएको छ । एक वर्षभरी यो अभियानमा सहयोग गर्ने समूहले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८ १६:५५
प्रतिक्रिया दिनुहोस्