राजनीति
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत) समाजवादीले साधारण सदस्यता शुल्क १० रुपैयाँ निर्धारण गरेको छ । माधव नेपालको नेतृत्वमा रहेको पार्टीको नियमावलीमा संगठित सदस्यताको मासिक शुल्क २० रुपैयाँ लाग्ने उल्लेख छ । त्यस्तै उक्त पार्टीले ३१ वटा केन्द्रीय विभाग बनाउने भएको छ ।
उक्त नियमावीमाथि आज चन्द्रागिरिमा छलफल हुुँदैछ । छलफलका लागि प्रस्तावित पार्टीका केन्द्रीय सदस्यहरु हिजो नै चन्द्रागिरि पुगेका थिए । हाल बैठकलाई अध्यक्ष माधव नेपालले सम्बोधन गरिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८ १०:५९
प्रतिक्रिया दिनुहोस्