![प्रधानन्यायाधीश जबराकाे दाबी– दबाव र प्रभावमा परेर फैसला गरेको छैन](https://12khari.top/uploads/posts/Cholendra Shanshers Jabara1628692849.jpg)
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायलयमा बसेर न्याय सम्पादन गर्दा आफूले कुनै पनि दबाब र प्रभावमा परेर फैसला नगरेकोे बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्को २८औँ परिषद् दिवस तथा नेपाल बार काउन्सिल 'ल जर्नल' लोकार्पण समारोहमा बुधबार उनले इजलास गठन गर्दा वा फैसलामा बेलाबेला प्रश्न उठ्ने गरेको भए पनि आफूले दबाव र प्रभावमा आएर कुनै पनि फैसला नगरेको बताएका हुन् ।
“बेञ्च गठनका विषयमा प्रश्न उठ्यो । मैले वरिष्ठताका आधारमा गठन गरे,” प्रधानन्यायाधीश राणाले भने, “प्रश्नहरू छन् तर दबाब र प्रभावमा परेर फैसला गरेको छैन ।”
अदालतबाट फैसला हुँदा कमीकमजोरी भए पनि त्यसको मूल्याङ्कन इतिहासले गर्ने उल्लेख गर्दै उनले भने, “न्यायपालिकाका सबै फैसला ऐतिहासिक हुन्छन्, न्यायाधीश भनेको आत्मा हो, शरीर हुँदैन, गाली पनि लाग्दैन, प्रशंसा पनि लाग्दैन ।”
प्रधानन्यायाधीश राणाले कानून र संविधानबमोजिम न्यायपालिकाले फैसला गर्ने गरेको र सबै नागरिकको हितका लागि काम गरेको बताए । उनले न्यायपालिकाभित्र हुने गल्ती सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । रासस
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)