site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ करोडमा बानेश्वरमा सिनेमा हल खोल्दै दीपक–दीपा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माण गरिरहेका छन् । 

आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम भइरहेको दीपक बताउँछन् । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहने छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“दुई/दुईसय गरेर दुईवटा स्क्रिनमा चारसय सिट हुनेछन्,” दीपक बाह्रखरीसँग भन्छन्, “करिब ९ करोड लगानी हुने हाम्रो अनुमान छ ।” दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ ग्रुपको लगानी रहने छ ।

“सिनेमा हल खोल्ने हाम्रो पुरानै योजना हो । पुरानो योजना अनुसार नै हल निर्माण गरिएको हो,” दीपक भन्छन्, “हामी यही क्षेत्रको मान्छे भएकाले चलचित्रबाट कमाएको पैसा पनि यही नै लगानी गरौं भन्ने थियो । हामी आफैंले हल बनाउँदा चलचित्रकर्मीलाई पनि थप सहज होला भन्ने अपेक्षा हो ।” 

Royal Enfield Island Ad

निर्देशकसमेत रहेकी कलाकार दीपाश्री सिनेमा हलहरु धमाधम बन्द भइरहेका बेला नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्छिन् । “चलचित्र क्षेत्रमा काम गरेकाले यही क्षेत्रलाई टेवा पुग्ने अर्को काम पनि गरौं भन्ने उद्देश्य पनि थियो,” दीपाश्री भन्छिन्, “त्यसैले हल खोल्ने योजना अनुसार अहिले धमाधम काम भइरहेको छ । अवस्था सहज भयो भने चैतबाट हल सञ्चालनमा ल्याउन सकिने छ ।” 

महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माणको काम भइरहेको उनले जानकारी दिइन् । 

वितरक तथा प्रदर्शकले नेपालीलाई भन्दा बलिउड तथा हलिउड चलचित्रलाई महत्तो दिने गरेको दीपक–दीपा टिप्पणी गर्दै आएका छन् । 

कोरोना संक्रमणको त्रासका कारण हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । २८ सिनेमा हल बन्द हुँदा प्रति शो ७ हजार सिट घट्छन् ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro