देश
काठमाडौं । स्नातक तह चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रतर्फ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको नतिजा प्रकाशन गरेको छ । आयोगले बिहीबार एमबीबीएस, बीडीएस, बीएएमएस, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी र बि अप्टोमेट्रीको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
नतिजा अनुसार एमबीबीएसमा ४ हजार ३९१, वीडीएसमा १७९४, बीएएमएसमा १२३, बीएससी एमएलटीमा ११८, बीएससी एमआईटीमा ३५ र बि ओप्टोमेट्रिमा ३०२ जना उत्तीर्ण भएका छन् । आयोगले साउन ९ देखि १३ गतेसम्म यी स्नातक तर्फको एकीकृत प्रवेश परीक्षा लिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८ १२:४८
प्रतिक्रिया दिनुहोस्