राजनीति
काठमाडौं । सत्ता गठबन्धन कार्यदलले न्यूनतम साझा कार्यक्रम, सरकार संचालन आचासंहिता र सत्ता संचालन कार्यविधिसम्बन्धी प्रतिवेदन बुझाएको छ । सत्ता गठबन्धनका पाँच शिर्ष नेतासहित गठबन्धन कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।
कार्यदलका तर्फबाट संयोजक पूर्णबहादुर खड्काले प्रतिवेदन बुझाएका हुन् ।
सरकार गठन अघि नै सहमति निर्माणका लागि काम गरेका नेताहरुलाई गठबन्धन दलका तर्फबाट साझा कार्यक्रम बनाउने जिम्मेवारीसहित कार्यदल गठन भएको थियो ।
कार्यदलले सरकारको २५ औं दिनमा प्रतिवेदन बुझाएको हो । कार्यदलको प्रतिवेदनसँगै अव सरकार विस्तारको कामका लागि बाटो खुलेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८ ११:४१
प्रतिक्रिया दिनुहोस्