site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । 

खनाल-नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

देउवालाई विश्वासको मत नदिएका खनाल-नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।

यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने  छ ।

Global Ime bank

खनाल-नेपाल समूह सरकारमा सहभागी भए खनाल-नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६/६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC