site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले फेरि बुझायो प्रतिवेदन 
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेस सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको छानबिन समितिले दोस्रोपकट प्रतिवेदन बुझाएको छ । गत १२ गते पहिलो प्रतिवेदन बुझाएको समितिलाई बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले २४ घण्टाको समय दिएर त्रुटि सच्याउन र बाँकी विषय मिलाउन भन्दै प्रतिवेदन फिर्ता गरेका थियो । 

“हामीले थप २४ घण्टा प्राप्त गरेका थियौँ । यबीचमा हामीले त्रुटिहरू सच्याएका छौँ, उजुरी र निवेदनहरूमा सर्वसम्वतिबाट निर्णय गरेका छौँ,” क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले भने, “सप्तरी, बारा धनुषा निर्वनचन क्षेत्र नम्बर–४, सर्लाही क्षेत्र नम्बर–२,  सिन्धुपाल्चोक र रसुवामा समस्या केन्द्रीय तहबाट हुन्छ, हामीले सकेनौँ ।” 

Agni Group
NIC Asia

उनले छानबिन समितिमा आएका विवादका आधारमा सयवटा वडाका नयाँ क्रियाशील सदस्यता स्थगन गरेको जानकारी दिए ।उनले ६,७४३ वडामध्ये ४ प्रतिशत वडामात्र स्थगन भएको बताए ।

१३ औँ महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा समस्या आएको भन्दै अहिले छानबिन समितिका कारण महाधिवेशन प्रभावित हुने अवस्था नरहेको उनले बताए । 

Global Ime bank

“त्यसमा पनि हिजोभन्दा आज १० बटा वडा तहको सच्यायौँ अनि प्रतिवेदन बुझायौं,” पौडेलले भने, “यसअघि हामीले सर्वसम्मतिमै निर्णय गरको थियौ, हामीलाई प्राप्त जिम्मेवारी पनि सर्वसम्मतिमै गर्ने थियो । तर, नोट अफ डिसेन्ट बाँकी नै छ ।” 

पौडेलले कल्याण गुरुङले आफैँले गरेका निर्णयमा पनि ‘नोट अफ डिसेन्ट’ लेखेको भन्दै त्यसमा रोक्न नसकिएको बताए । 

“यत्रो वातावरण बनिसकेपछि अधिवेशन रोक्नु हुन्न,” पौडेलले भने, “साउनको अन्तिम साता वडा अधिवेशन थालेर भदौ १६ देखि १९ महाधिवेशन गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu