देश
काठमाडौं । नेपाली सेनाले सकल दर्जाको ‘ड्राइभिङ स्किल’ वृद्धि गर्न भन्दै ‘मेकानाइज्ड युनिट’हरुबाट सेनाले सडकमा बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को अभ्यास गर्ने भएको छ ।
स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा ‘रोड ड्राइभिङ’ अभ्यास सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जानकारी दिएको छ ।
काठमाडौंको सीतापाइलामा तैनाथ गणले आउँदो भदौदेखि चैतसम्म, सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारेक कैलालीमा तैनाथ गुल्मले साउन र भदौमा रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्ने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८ ११:१४
प्रतिक्रिया दिनुहोस्