विशेष
सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गरेकी छन् ।
संग्रहालय उद्घाटनको लागि उनी बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन् ।
नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा युद्ध संग्रहालय निर्माण गरेको हो । ०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो ।
६ करोड ५० लाख रुपैयाँको लागत र करिब डेढ वर्षको अवधिमा निर्माण सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ । संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८ १०:३९
प्रतिक्रिया दिनुहोस्