site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
के हो कप्तान, क्यान र अख्तरको जुहारी  ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत मंगलबार बलियो नेपाल क्याम्पियन अन्तर्गत ‘विल नेपाल विन दि वर्ल्ड कप बाई २०३९’ भन्ने विषयमा ‘क्लब हाउस’मा छलफल भयो । 

बलियो नेपाल क्याम्पियनले उक्त कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, महिला टोलीकी कप्तान रुविना क्षेत्री र क्यानका सदस्य छुम्बी लामालाई अतिथिका रुपमा बोलायो । 

मल्ल, गौचन र रुविना गेस्टको रुपमा कार्यक्रममा उपस्थित भए । यता खड्का भने बलियो नेपाल कपका बोर्ड अफ डिरेक्टरको हिसाबले कार्यक्रममा थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

क्लब हाउसमा भएको कार्यक्रममा सुन्ने र सोध्ने धेरै व्यक्तिहरु थिए । 

धेरै जनाको सहभागितामा भएको कार्यक्रममा क्यान र नेपाली क्रिकेटको विकासका लागि प्रश्नहरु सोधिए । 

Global Ime bank

प्रश्नको जवाफ खेलाडी र क्यानका सदस्य लामाले दिए । 

कार्यक्रम रोमाञ्चक भयो । कोरोनाका कारण आफ्ना मनपर्ने खेलाडीलाई समर्थकहरुले सुन्ने र उनीहरुको प्रश्न सोध्ने मौका पाए । 
कार्यक्रम सकियो तर, त्यसको विवाद भने दुई दिनपछि आयो । 

एभरेष्ट प्रिमियर लिग (ईपीएल)का सीईओ आमिर अख्तरले राष्ट्रिय टोलीका खेलाडी र क्यानका व्यक्तिहरु व्यवसायिक पाटोतिर लागेको बताए । 

उनले यस्तो राष्ट्रिय टोलीका कप्तान नै व्यवसायमा लाग्दा आफूलाई नराम्रो लागेको र क्यान आईसीसीको निलम्बनबाट फुकुवा भएको केही समयमा पुनः त्यही अवस्थामा आउने बताए ।

उनले हाम्रो खेलकुद अनलाइनमा अन्तवार्ता दिँदै आफूलाई खेलाडी र सदस्य मिलेर व्यापार गरेको नराम्रो लागेको र यस विषयमा क्यानले समयमै नियन्त्रण गर्नुपर्ने बताएका थिए । 

अख्तरले क्यानलाई एक पत्र पनि लेखे । क्यानले भने जवाफमा छानबिन गरेर आफूहरुले दोषी भेटिए कारबाही गर्ने जवाफ दियो ।

बाह्रखरीसँगको कुराकानीमा भने अख्तरले नेपाली टोलीको कप्तान र क्यानका सदस्यले व्यापार गर्दै हिँड्न ठिक नहुने बताए । 
“नेपाली टिमकै कप्तान र खेलाडीहरुले व्यापार गर्न हुन्न भन्ने मेरो धारणा हो । उहाँहरु नै क्रिकेटको व्यापारतिर लाग्न सुहाउँदैन र यसले राम्रो सन्देश पनि दिँदैन । खेलाडी र क्यानका पदाधिकारी नै व्यापारतिर लाग्दा नेपाली क्रिकेट पुनः खतरातिर जान्छ कि भन्ने चिन्ता बढेको छ,” उनले बाह्रखरीसँग भने । 

क्यानले अख्तरको जवाफ दुई दिनमा नै पठायो । जवाफमा क्यानले आफूहरुले दोषी भेटाए कारबाही गर्ने बताए ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने, “हामीले छानबिन गर्दैछौँ । यदि दोषी भेटिए कारबाही हुन्छ ।” 

त्यसपछि नेपाली टोलीका कप्तान मल्ल, पूर्वकप्तान खड्का, क्यानका सदस्य लामाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आफूहरुले कुनै नराम्रो क्रियाकलाप नगरेको बताए ।

“नेपालको लागि दुई दशक लामो समयदेखि क्रिकेट खेल्दै र टोलीको कप्तानी गर्दै आएका खेलाडीको चरित्रमाथि नै प्रश्न सोधिनु आफैँमा निच कार्य रहेको हाम्रो बुझाइ छ । खेलाडी शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल र रुविना क्षेत्रीको चरित्रमा दाग लगाउने काम गरेको छ,” विज्ञप्तिमा लेखिएको छ । 

त्यसपछि नेपाली टोलीका पूर्वकप्तान खड्काले पनि आफूहरुलाई तथ्यहीन कुरालाई लिएर व्यक्तिगत आलोचना गरेको बताए ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरुको चरित्रहत्या गरिएको बताए । 

“हाम्रो चरित्र हत्या गर्ने काम भयो । तथ्यहिन कुरालाई बङ्ग्याएर नराम्रो प्रचार गरियो । यसले खेलाडीको भविश्यमाथि र व्यक्तित्वमाथि आँच आउँछ । बलियो नेपालले मलाई बोर्ड अफ डिरेक्टर बनाएको हो । म त्यसको मालिक होइन,” खड्काले भनेका छन् । 

यता कप्तान मल्लले भने आफूहरुलाई बिनाकाम विवादमा ल्याएको बताएका छन् । उनले बलियो नेपाल कपसँग आफ्नो कुनै पनि सम्बन्ध नभएको बताउँदै नभएको कुरामा आफूलाई विवादमा नफसाउन आग्रह गरे ।

“म क्लब हाउसमा गेस्टको रुपमा कुराकानी गर्न गएको हुँ । उक्त कार्यक्रममा मैले कुनै किसिमको विवादित अभिव्यक्ति दिएको छैन । मेरो र बलियो नेपाल कपबीचको कुनै सम्बन्ध छैन । यो एउटा चरित्र हत्या गर्ने खेल मात्र हो । म राष्ट्रिय टोलीको कप्तान भएको नाताले कुनै पनि कार्यक्रममा बोल्न नमिल्ने हो भने त्यो बेग्लै कुरा हो । होइन भने यो व्यक्तिगत जीवनमा पनि आँच आउने कार्य भयो,” कप्तान मल्लले भने ।

के हो बलियो नेपाल  ? 

बलियो नेपाल संस्थाले क्रिकेट प्रतियोगिता आयोजना गर्छ  । गत अप्रिल ३ देखि १० सम्म दाङको लमहीमा प्रतियोगिता आयोजना भएको थियो । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता भएको थियो । 

उक्त प्रतियोगितामा पारस खड्का ‘बोर्ड अफ डिरेक्टर’ रहेका थिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा यू–१६ प्रतियोगितामा पारस खड्काले युवा खेलाडीलाई क्रिकेट सम्बन्धी प्रेरणादायी कुरा पनि सिकाएका थिए । 

बलियो नेपाल पोषण अभियान नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरुको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरुको माग वृद्धि गर्ने उद्देश्यका साथ स्थापित गैरनाफामुलक संस्था हो । 

जसको फन्डिङ अमेरिकामा रहेको विल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसन मार्फत गरिरहेको छ ।
यसै कार्यक्रम अन्तर्गत बलियो नेपाल कप सञ्चालन भएको हो । 

यस्ता विवादले नेपाली क्रिकेटलाई के असर गर्छ ? 

यस्ता खाले अभिव्यक्तिले नेपाली क्रिकेटमा असर पर्ने देखिन्छ । आईसीसीले नेपाली क्रिकेटलाई फुकुवा गरेको लामो समय भएको छैन । यस्तो खाले अभिव्यक्तिले नेपाली क्रिकेटमा आउने असरको भागिदार को बन्ने प्रश्न पनि उठ्छ । 

खेल विश्लेषकहरु भने यस्ता विवादित कुराले आईसीसी पनि जोडिने हुनाले नेपाली क्रिकेट नै कमजोर हुने र यसको भविष्यमाथि प्रश्न उठ्ने बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement