site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेटमणि भन्छन् – सरकारमा जान्छौँ
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा सहभागी हुने बताएका छन् ।

उनले बाह्रखरीसँगको कुराकानीमा सरकारमा जाने तर अहिल्यै निर्णय भने भइनसकेको बताए । “हामी सरकारमा जान्छौँ । निर्णय हुन्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारमा सामेल हुँदा कारबाही होला नि ? भन्ने प्रश्नमा उनले भने,“स्वतन्त्र सांसदलाई ह्वीप लाग्दैन । स्वतन्त्र सांसदको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ । त्यही सरकारमा जाँदा हामीलाई चाहिँ कारबाही हुन्छ र ? पार्टी होइन, केपी ओलीले गुट चलाउनुभएको हो । उहाँको कमिटीलाई अदालतले अस्वीकार गरिसक्यो । हामी माधव समूहमा छौँ । उहाँले ओली गुट चलाइरहनुभएको छ । कारबाही हुँदैन ।”

एमालेका २२ सांसदले कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । उनीहरुलाई एमालेले स्पष्टीकरणपत्र पनि सोधेका थिए ।

Global Ime bank

उता, देउवालाई मत दिएकी एक सांसद भने आफूहरु सरकारमा सहभागी नहुने बताइन् । संसद् जोगाउनका लागि देउवालाई मत दिएको र आफूहरु एमालेको सांसद भएकाले सरकारमा सहभागी हुन नमिल्ने उनको भनाइ छ ।

देउवाको पक्षमा मत दिने एमाले सांसदहरुले आज छलफल गर्दै छन् । सोही बैठकमा सरकारमा जाने/नजाने विषयमा छलफल हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement