काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन एण्ड जोनसनको खोप अनिवार्य गरेका मुलुकहरुमा जाने नागरिकलाई पनि कोभिड–१९ विरुद्धको जोनसेको खोप दिने भएको छ ।
जोनसन खोप अनिवार्य गरेका मुलुकहरुमा जान लागेका व्यक्तिहरुलाई आवश्यक कागजात (पासपोर्ट र भिसा) का आधारमा खोप दिइने जनाएको हो । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज जोनसन एण्ड जोनसनको जोनसेन खोप आजदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिइँदैछ ।
आजदेखि भने जोनसोनको खोप अनिवार्य गरेका मुलुक जान लागेका नागरिकलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौंमा ४४ केन्द्रबाट यो खोप दिइँदैछ ।