विशेष
काठमाडौं । साउनको पहिलो सोमबार आज देशभरका शिवालय आसपास बर्तालुको घुइँचो लागेको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण देशभरका अधिकांश मठमन्दिर बन्द छन् । मन्दिर नखुले पनि निषेधाज्ञा खुकुलो भएसँगै दर्शनार्थी मन्दिरनजिक पुग्ने गरेका छन् ।
हरेक साउनको सोमबार हिन्दु महिलाहरूले भगवान् महादेवको पूजा–आराधना गरी ब्रत बस्ने गरेका छन् । मन्दिरहरूमा प्रवेश नदिए पनि सबैजसो शिवालयहरुमा बाहिर घुइँचो देखिएको छ ।
काठमाडौंको मखनटोलमा रहेको महादेव मन्दिर आसपास पनि आज भक्तजनको भिड देखियो ।
थप तस्बिरहरु हेर्नोस्–
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८ १०:४१
प्रतिक्रिया दिनुहोस्