site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

राजनीतिक, आर्थिक, शासकीय कारण धेरै छन् खड्गप्रसाद ओली नेतृत्वको सरकार यति धेरै अलोकप्रिय हुनुमा । तर, सबैभन्दा ठूलो कारण भने राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको आफूलाई विशिष्ट देखाएर जनताको अवज्ञा गर्ने प्रवृत्ति हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नयाँ राजा’ बन्ने प्रयास नगरून् भन्ने नेपाली जनताले अपेक्षा गरेका छन् । सरकारले कुनै व्यापारी घरानालाई राज्यको सम्पत्ति ‘बक्सिस’ नदेओस् । देउवाको जन्मदिन मनाउन  हेलिकप्टरमा केक ओसार्ने काम नहोस् ।

राणा शासनमा वर्षभर खर्च भएर बचेको पैसा ‘बाहुली दाखिला’ भन्दै प्रधानमन्त्रीको ढुकुटी भर्ने चलन थियो । पञ्चायत कालमा राज्यको चलअचल सम्पत्ति राजाले कसैलाई पनि ‘बक्सिस’ दिनसक्थे । ओलीको शासनमा जस्तो ‘यती’ ओम्नी काण्ड अब देख्न, सुन्न र भोग्न नपरोस् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संस्कारमा सामान्य सुधार गरेर पनि जनतामा आशा र भरोसा जगाउन सक्छन् प्रधानमन्त्री देउवाले । पार्टी वा गुटको बैठक सरकारी निवासमा नगरून् । सरकारी कामबाहेक अरू बैठकहरूको खर्च राज्यको ढुकुटीबाट नगरून् । सबैभन्दा मुख्य देउवाले ओलीले जस्तो आफूलाई नै राज्य नठानून् !

त्यसो प्रधानमन्त्री देउवाको बढी बोल्ने स्वभाव छैन । देउवाले अहिलेसम्म आफूलाई ‘सर्वज्ञ’ ठानेको देखिएको पनि छैन । तर, सत्ताको मादले धेरैलाई उन्मत्त बनाएको छ । देउवामा अपुष्ट र अनर्गल हल्लालाई सत्य ठान्ने वा बनाउन खोज्ने ओली प्रवृत्ति नदेखियोस् भन्ने जनताको अपेक्षा छ ।

Royal Enfield Island Ad

नेपालको प्रशासन यन्त्रको मनोबल धेरै गिरेको छ ।अहिलेको संयुक्त सरकारले संस्थागत सुधार धेरै गर्न नसक्ला तर अनुचित हस्तक्षेप नगर्ने तर सुरक्षा निकायलाई पनि सही बाटामा ल्याउने काम गर्न सक्छ । सुरक्षाकर्मी र निजामती कर्मचारीलाई दलगत वा व्यक्तिगत स्वार्थमा प्रयोग गर्न रोक्नेबित्तिकै तिनको पनि मनोबल उच्च हुनेछ भने अनुशासनमा पनि बस्नेछन् । प्रधानमन्त्री देउवासँग जनताले राखेको अपेक्षा यो पनि हो ।

पार्टीका कार्यकर्ता वा कृपापात्रलाई सल्लाहकारदेखि विभिन्न नाममा नियुक्त गर्दा राज्य सञ्चालनमा गलत प्रवृत्तिले प्रश्रय पाएको देखिएको छ । ओलीको शासन सायद यस मामिलामा पनि सबैभन्दा बढी बदनाम रह्यो । लोकतान्त्रिक शासन पद्धतिमा त प्रधानमन्त्रीका सल्लाहकार मन्त्रीहरू, मन्त्रालयका सचिवहरू नै हुन् । 

सरकारी संयन्त्रका प्रमुख तिनलाई जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउनुपर्छ । प्रधानमन्त्रीलाई विज्ञको सेवा लिन त महान्यायाधिक्ता, राष्ट्रिय योजना आयोगमा योग्य व्यक्ति छानेर नियुक्त गरे भइहाल्छ । यसैले कार्यकर्तालाई पाल्न पोेस्न राज्यको ढुकुटी प्रयोग नगर्ने चलन देउवाले बसाऊन् । 

ठूला कुरा नगरी ससाना तर दूरगामी महत्त्वका परम्परा बसाउनुपर्छ । त्यस्ता परम्पराले राजनीतिमा संस्कारको रूप लिन्छन् । असल परम्परा बसाउन सके कसैले भत्काउन सक्तैन । नेपाली जनताले ओलीको कुशासन दुःस्वप्न ठानेर बिर्सन पाए भने  शेरबहादुर देउवाले विगतमा गरेका गल्तीलाई नेपाली जनताले माफ दिनेछन् ।

ओली प्रवृत्ति दोहोरिएको देखियो भने नेपाली जनता पुनः निराश र कुण्ठित हुनेछन् । बीपी कोइरालाले मन्त्रीलगायत आफ्नो सुविधा घटाएर राज्यको ढुकुटीको अपचलन गर्न नहुने सन्देश दिएका थिए । त्यो नेपाली कांग्रेसको संस्कार हुनुपर्थ्यो । लोकतान्त्रिक संस्कार बसाउन प्रधानमन्त्रीले प्राथमिकता दिने जनताको अपेक्षा छ । निराश हुन नपरोस् !
  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro