site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देउवाको कार्यकालमा सुल्झिएला त निर्मला हत्याकान्ड ?

काठमाडौं । पछिल्ला तीन वर्षमा प्रहरीले दर्जनौँ अपराधका घटनाको सफलतापूर्वक अनुसन्धान गर्‍यो । तर, प्रहरीका दर्जनौँ सफल अनुसन्धानका बीच निर्मला हत्याकान्डको अनुसन्धान सधैँ टाउको दुखाइ बनिरह्यो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । सो घटनाका अभियुक्तको पहिचान अझै हुनसकेको छैन् । निर्मला हत्याकान्ड प्रहरी वृत्तमा मात्रै होइन, राजनीतिक वृत्तमा पनि चर्चामै छ ।

निर्मला हत्याकन्डको समयदेखि मंगलबार (हिजो)सम्म केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली समूहकै नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल थियो ।

Dabur Nepal

यसबीचमा दर्जनौँपटक कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले निर्मला हत्याकान्डबारे संसद्देखि सडकसम्म प्रश्न उठाए । कांग्रेसका सबैजसो नेता र सांसदले निर्मलाका हत्यारा बालुवाटारभित्रै रहेको आरोपसमेत लगाउँदै आएका थिए ।

तीन वर्ष पुग्नै लाग्दा पनि निर्मलाका हत्याराको पहिचान गर्न प्रहरी असफल रह्यो । संयोगले निर्मला हत्याकान्ड नसुल्झिएकै समयमा देउवा प्रधानमन्त्री बनेका छन् । उनकै पार्टीका नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् ।

यसअघि, निर्मलाका हत्यारा खोइ ? भनेर प्रश्न गर्नेहरु अब जवाफ दिने ठाउँमा पुगेका छन् । त्यसमाथि देउवा सुदूरपश्चिम प्रदेशकै हुन् । यस्तोमा उनको कार्यकालमा निर्मला हत्याकान्डको सफल अनुसन्धान होला त ? भन्ने जनचासो छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चर्तुर्वेदीका अनुसार हत्याकान्डको अनुसन्धान जारी छ । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली अनुसन्धानमै केन्द्रित छ ।

उनले भने, “अनुसन्धानमा शून्य र सय प्रतिशत भन्ने हुँदैन । हामी गम्भीर रूपमा लागेका छौँ । सकारात्मक दिशामा अगाडि बढेका छौँ ।”

निर्मला हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भीमदत्त–१९, बाँगफाँटाका ३९ वर्षीय दिलीपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए ‘म्याच’ नभएपछि उनलाई छाडिएको थियो ।

तर, दिलीपलाई पक्राउ गरेपछि कञ्चनपुरमा स्थानीयले प्रहरीविरुद्ध आन्दोलन गरेका थिए । सो आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्युसमेत भएको थियो ।

प्रहरीको अनुसन्धान त्रुटिपूर्ण रहेको भन्दै प्रहरी अधिकृतसमेत बर्खास्तीदेखि निलम्बनसम्म परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro